१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ४ बिहीबार १८:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जीवनरामको तेस्रो कार्यकाललाई आइओसीको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १८:४५:oo

नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचित नयाँ नेतृत्वलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले मान्यता दिएको छ।

आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई करिब तीन महिनापछि औपचारिक आधिकारिकता दिएको जनाएको छ।

१३ पुस अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। 

यसअघि एनओसीको निर्वाचनलाई नेपाल सरकारले अवैधानिक ठहर गरेको थियो। यस्तै, सरकारले सातदोबाटोस्थित एनओसी भवनमा तालासमेत लगाउँदै आएको छ।