मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ६ मंगलबार २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार

खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरे सिस्नेरी खोलाको मुहान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार २o:२८:oo

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलाको मुहान निरीक्षण गरेका छन् । मुहान निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले खानेपानी आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने गरी काम थाल्ने बताए । उनले योजना अघि बढाउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसबारेमा निर्देशन दिइसकेको समेत बताए । 

काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानी वितरण गर्ने योजनाअनुसार सिस्नेरी खोला खानेपानी आयोजना तीव्र रुपमा अघि बढाउन लागेको मन्त्री यादवले बताए । उनका अनुसार मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी संकलित पानी ललितपुरको भेसेपाटीस्थित सैंबु जलाशयमा पठाइने छ । आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी सैंबु जलाशयमा पुग्नेछ । उक्त जलाशयबाट पानी ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना छ ।

सिस्नेरी खोला खानेपानी योजना महत्वाकांक्षी आयोजना भएकाले यसलाई समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको सहयोग आवश्य रहेको मन्त्री यादवको भनाइ छ । उनले खानेपानी योजनामा लगानीका लागी अन्तराष्ट्रिय विकास साझेदारहरूबाट वित्तीय तथा प्राविधिक सहयोग लिने स्पष्ट पारे ।

मन्त्रीको निरीक्षण टोलीमा रहेका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले सिस्नेरी आयोजना र ललितपुरको सैंबुस्थित रिजर्भवायरसम्मको दुरी करिब १९ किलोमिटर रहेको जानकारी दिए ।