मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Wednesday, 19 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ३ शनिबार २२:o६:oo
Read Time : < 1 मिनेट
समाचार

‘वर्षा हुने बलियो मौसम प्रणाली विकसित भएको छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार २२:o६:oo

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ। मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको, तर ठुलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने नभएको उल्लेख गरिन्। आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद् मानन्धरले जनाइन्। 
उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताइन्। विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन्। उनका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ।

अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले जानकारी दिइन्। ‘जाडोयाममा नेपालमा राम्ररी पानी पर्न सकेको छैन। जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ,’ उनले भनिन् । -रासस