
चिनियाँ मूलका एक अमेरिकी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध डलरसहित पक्राउ परेका छन्। बटिक एयरको उडान नम्बर ओडी १८१ बाट मलेसिया जान लागेका पासपोर्ट नम्बर ५४५६१५१८२ नम्बर भएका नी यान शनिबार दिउँसो पक्राउ परेका हुन्। डलर र ती मोबाइलको स्रोत उनले खुलाउन सकेका छैनन्। मानस्थलको टिकेटी क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट २० वटा मोबाइल, २५ वटा सिम कार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ। थुनामा राखी उनीमाथि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।