मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Wednesday, 19 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ३ शनिबार २१:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद

भारतलाई हराउँदै नेपाल थ्री बाई थ्री च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार २१:३o:oo

भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरको कभर्ड हलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो। 

कप्तान विजयसँगै टोलीमा मनीष केसी, निश्चल महर्जन र निकेश राखलमगरले उत्कृष्ट प्रदर्शन गरेका थिए। निकेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन्। विजेता नेपालले १२ सय र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे। 

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए। डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन्। विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले पुरस्कृत गरेका थिए।