मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २२ मंगलबार १६:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१४ अंकले घट्यो नेप्से, कारोबार आठ अर्बभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १६:४१:oo

साताको पहिलो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजारबराबरको सेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो । 

मंगलबारको सेयर कारोबारमा १६२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, नाैवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा जलविद्युत् क्षेत्र र अन्य सूचकबाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ विन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका सेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । 

तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका सेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।