सन् १९३२ : अमेरिकाले पहिलो शीतकालीन ओलम्पिक आयोजना ग¥यो । न्युयोर्कको लेक प्लेसिडमा उक्त प्रतियोगिता भयो ।
सन् १९४५ : दोस्रो विश्वयुद्धको अन्तिम चरणमा नाजी जर्मनीमाथिको जित सुनिश्चितजस्तै भएको परिदृश्यमा तीन मित्रशक्तिका प्रमुखहरू अमेरिकी राष्ट्रपति फ्रांकलिन डी रुजबेल्ट, ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन सहभागी याल्टा सम्मेलन सुरु । सम्मेलनमा जर्मनीमाथिको विजयपछिका योजनामा छलफल भयो ।
सन् १९४८ : श्रीलंकाले (तत्कालीन समय सिलोन भनिने मुलुक) बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल ग¥यो । १६औँ शताब्दीदेखि उक्त टापु पोर्चुगल, नेदरल्यान्ड र ग्रेट ब्रिटेनको उपनिवेशमा थियो ।
सन् २००३ : आफूलाई संघीय गणतन्त्र युगोस्लाभिया भन्दै आएको मुलुकले आफ्नो नाम औपचारिक रूपमा ‘सर्बिया र मोन्टेनेग्रो’मा बदल्यो । पछि यसका दुई एकाइ सर्बिया र मोन्टेनेग्रो अलग मुलुकका रूपमा अघि बढे ।