मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ २१ सोमबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रम्पद्वारा युएसएआइडीका कर्मचारी निलम्बन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १७:३१:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का कर्मचारीलाई निलम्बन गरेका छन्। उनले युएसएआइडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन्।

निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन बुर्हिज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन्। उनीहरूको एलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग युएसएआइडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो।

डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि युएसएआइडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो।

डिपार्टमेन्टका कर्मचारीहरू युएसएआइडीको मुख्यालयमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका थिए। उनीहरूले सिस्टममा पहुँच नदिए सुरक्षा अधिकारीलाई बोलाउने धम्कीसमेत दिएका थिए।

विवादका बिच उनीहरू युएसएआइडीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए।