मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ २१ सोमबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकासी–पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकाे विधेयक संसदमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १४:४२:oo

नेपालको व्यापार नीति सुधार, स्वदेशी उत्पादन प्रवर्द्धन र निर्यात वृद्धि गर्ने लक्ष्यसहित निकासी–पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको छ।

सरकारले यसअघि लागू गरेका ‘निकासी (नियन्त्रण) ऐन, २०१३’ र ‘भन्सार ऐन, २०६४’ लाई संशोधन गर्दै नयाँ विधेयक ल्याएको हो।

पुरानो कानुनी संरचनालाई अद्यावधिक गर्दै व्यापार प्रक्रियालाई सरल, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउने लक्ष्य विधेयकमा समेटिएको छ। यो विधेयकको व्यवस्थाअनुसार आयात–निर्यात संकेत नम्बर एक्जिम कोड निकास पैठारी नियमन ऐनले गर्ने भएको छ।

हाल भन्सार ऐनको दफा ६४ ले संकेत नम्बर लिने व्यवस्था गरेको छ। स्वदेशी उद्योग प्रवर्द्धनका लागि कर छुट र सहुलियत दिने व्यवस्था गरिएको छ।

सरकारले स्वदेशी कच्चा पदार्थको उपयोग बढाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने जनाएको छ। नेपालका उद्योग तथा व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मेलामा भाग लिन सहजीकरण गर्ने प्रावधान राखिएको छ।