प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । पदस्थापनअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंमा दुई एसपी राख्ने निर्णय भएको छ।
हालै बढुवा भएका एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी काठमाडौं परिसरमा काज सरुवा गरिएको छ । यसअघि एसपी अपिलराज बोहरा पनि परिसरमा कार्यरत छन्। परिसरमा एसएसपी विश्व अधिकारी प्रमुख छन्।
कार्यबोझका आधारमा दुई एसपी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। परिसरमा एसपीको दरबन्दी भने एउटा मात्र छ।
त्यस्तै, दुईजनाको दरबन्दी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि तीनजनालाई खटाइएको छ । हाल दरबन्दीअनुसार काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन्। बढुवा भएका एसपी मनोहर भट्टलाई पनि अपराध अनुसन्धान कार्यालयमा खटाइएको छ।
पदस्थापन सूचीः