मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
तिवारी यादव वीरगन्ज
२o८१ माघ २१ सोमबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा १० देखि १४ वर्ष उमेर समूहका नाै हजार बालिका विद्यालयबाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार ११:o२:oo

पर्सामा १० देखि १४ वर्ष उमेर समूहका नाै हजारभन्दा धेरै बालिका विद्यालयबाहिर रहेकाे पाइएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्धको देशव्यापी एचपिभी खोप कार्यक्रमका लागि स्वास्थ्य कार्यालय पर्साले संकलन गरेको तथ्यांकले यस्तो देखाएको हो।

११२ वटा वडा, १४७ सामुदायिक विद्यालय र १३२ वटा निजी विद्यालयबाट तथ्यांक संकलन गर्दा नाै हजार १०८ बालिका विद्यालयको पहुँचबाहिर रहेकाे पाइएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार १४ पालिका रहेको जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने सबैभन्दा बढी बालिका वीरगन्ज महानगरपालिकामा छन्। ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा तीन हजारभन्दा बढी बालिका विद्यालयबाहिर छन्।

यसैगरी, छिपहरमाई गाउँपालिकामा एक हजार २६ जना बालिका विद्यालयको पहुँचबाहिर छन्। यो पालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको संख्यासमेत एक हजार ४३९ मात्रै छ।

यही उमेर समूहमा विद्यालय नजाने बालिकाको सबैभन्दा कम संख्या ठोरी गाउँपालिकामा छ। पाँच सामुदायिक र एक निजी विद्यालय रहेको ठोरीमा ६ देखि १० कक्षामा अध्ययनरत ४७० छात्रा छन् भने ४५ बालिका विद्यालयको पहुँचमा छैनन्।

पालिकाका स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर यो तथ्यांक संकलन गराएको स्वास्थ्य निरीक्षक ठाकुरले बताए। १४ वटा स्थानीय तह रहेको जिल्लामा ३४५ खोप केन्द्रबाट एचपिभी खोप सञ्चालन हुँदै छ।

यस्तो छ पालिकागत तथ्यांक :