मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
२o८१ माघ २१ सोमबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिम सेक्टर अमलटारीबाट दुईवटा गैँडा पूर्वी सेक्टर पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार o९:१९:oo

शनिबारदेखि सुरु भएको गैँडा स्थानान्तरणको दोस्रो दिन पश्चिम सेक्टरबाट १६ वर्षको पोथी गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पठाइएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार पश्चिम सेक्टरमा पर्ने नवलपुरको अमलटारी क्षेत्रबाट आइतबार साँझ अर्को पोथी गैँडालाई पूर्वी सेक्टर पठाइएको हो। यसअघि शनिबार पनि १५ वर्षको पोथी गैँडालाई निकुञ्जको पूर्वी सेक्टर पठाइएको थियो।

पश्चिम सेक्टरका चारवटा गैँडालाई निकुञ्जको पूर्वी सेक्टरमा लैजानका लागि शनिबारदेखि निकुञ्जमा आन्तरिक स्थानान्तरण सुरु गरिएको हो। निकुञ्जको नवलपुर (पश्चिम सेक्टर) क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिनेछ। गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणलाई अगाडि बढाइएको निकुञ्जले बताउँदै आएको छ।

जोखिमका हिसाबले चितवन राष्ट्रिय निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउँदा बाढीको क्षतिबाट बचाउन सकिने जनाएको छ।