Skip This
चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : सभापति देउवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १७ बिहीबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार ११:o२:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक सदभाव बढाएका यसकाे संरक्षणमा लाग्न सबैलाई आग्रह गरेका छन् । 

तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा उनले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेका उल्लेख गरेका छन् । 

यो पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले पर्व मनाउने  सबैमा शुभकामना व्यक्त गरेका छन् ।