Skip This
आफैँ फोहोर उठाउँदै काठमाडौं महानगर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १७ बिहीबार १o:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आफैँ फोहोर उठाउँदै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार १o:o१:oo

विभिन्न निजी संघसंस्थाको सहयोगमा फोहोर उठाउँदै आएको काठमाडौं महानगरपालिकाले अब भने आफैँ फोहोर उठाउने भएको छ । फोहोरबाट हुने आम्दानीसमेत आफैँ राख्ने गरी महानगरले ठेक्का प्रक्रिया अघि बढाएको हो ।

नयाँ प्रक्रियाअनुसार महानगरले प्रतिघर तीन सय रुपैयाँका दरले शुल्क उठाउनेछ । फोहोरको शुल्क रकम महानगरकै खातामा जम्मा हुनेछ । अहिले घरधनीले फोहोरको शुल्क फोहोर उठाउने कम्पनीलाई दिँदै आएका छन् ।

विभिन्न क्लस्टर छुट्याएर फोहोर व्यवस्थित गर्न लागेको महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । विभिन्न क्लस्टर छुट्याएर ठेक्कामा लगाउँदा फोहोर व्यवस्थापन र वर्गीकरण सहज हुने विभाग प्रमुख राईले बताइन् ।

उनका अनुसार तीन वर्षका लागि ठेक्का लगाइएको हो ।  उनका अनुसार २४ असोजमा टेन्डर आह्वानका लागि सूचना जारी गरिएको थियो । पछिल्लोपटक ठेकेदार कम्पनी छनोट गरेर महानगरले ठेक्का लगाइसकेको छ ।

महानगरले धौलागिरि कालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, श्रीदेव सप्लायर्स, ओएस इन्जिनियरिङ निर्माण सेवा प्रालि, नेप्सेम्याक सेवा प्रालि, परिवर्तन सेवा प्रालिलाई ठेक्का लगाउने निर्णय गरेको छ । महानगरले १४ माघमा बोलपत्र स्वीकृत गर्ने आशयसम्बन्धी सूचना जारी गरेको छ । 

धौलागिरि कालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ५८ लाख १४ हजार, श्रीदेव सप्लायर्सलाई १५ लाख ३२ हजार चार सय, ओएस इन्जिनियरिङ निर्माण सेवा प्रालिलाई एक करोड ८५ लाख ९२ हजार, नेप्सेम्याक सेवा प्रालिलाई ३६ करोड ३७ लाख ६३ हजार ६५४ र परिवर्तन सेवा प्रालिलाई ३० करोड ८५ लाख रुपैयाँमा ठेक्का दिने सम्झौता गरेको हो ।