नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेश समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।
पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा आज सोमबार १० सदस्य मनोनयन गरिएको हो।
मनोनीत सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिराहाका अरुणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विभागले तराई–मधेश क्षेत्रका पार्टी नेता, कार्यकर्ताबिच समन्वय गरी संगठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए।