Skip This
अखिल क्रान्तिकारीकाे खुला सचिवमा एकल छात्रा सम्झना राईको उम्मेदवारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ११ शुक्रबार १o:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीकाे खुला सचिवमा एकल छात्रा सम्झना राईको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार १o:४६:oo

'प्रतिनिधिहरूले माया गरेर मलाई विजयी गराउनुभयो भने काम गर्न उमेर र लिंगले खास अर्थ राख्दैन भन्ने प्रमाणित गरेर देखाउनेछु'

माओवादीआबद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकाे खुला सचिव पदमा एकल छात्रा सम्झना राईले उम्मेदवारी दिएकी छिन् । अखिल (क्रान्तिकारी) को स्थगित २३औँ राष्ट्रिय सम्मेलनको निर्वाचन माघ १२ गते प्रत्येक प्रदेशमा एकैसाथ हुँदै छ। प्रारम्भिक जानकारीअनुसार केन्द्रीय समितिमा पाँच सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्।

विभिन्न समूहले आफ्नै प्यानल तयार गरेर उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये चारजना खुला सचिवको कोटामा २६ जनाको उम्मेदवारी परेको छ। उक्त खुला सचिव पदमा सोलुखुम्बु घर भएकी अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पूर्वअध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य एक मात्र छात्रा सम्झना राईको उम्मेदवारी परेको छ। 

‘महिलाहरू पनि अवसर प्राप्त भयो भने पुरुषसरह काम गर्न सक्छन् भन्ने म मान्यता राख्छु ।  हामी महिलालाई समाजले जहिले पनि सहानुभूतिको नजरले मात्र बुझ्ने गर्दछ । जुन न्यायसंगत छैन,’ राईले भनिन्, ‘सायद पदाधिकारीमा म सबैभन्दा कान्छी उम्मेदवार होला, यदि प्रतिनिधिहरूले माया गरेर मलाई विजयी गराउनुभयो भने काम गर्न उमेर र लिंगले खास अर्थ राख्दैन भन्ने प्रमाणित गरेर देखाउनेछु ।’

यसैगरी अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । अनलाइन उम्मेदवारी दर्ता आह्वान गरिएकोमा अध्यक्षमा हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, उपदेशकुमार यादव, सुदिन पौडेल, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षसहित केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सबै पदमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारीउपर दाबी विरोधको छानबिन भइरहेको र सकिएपछि शुक्रबारभित्र अन्तिम नामावली प्रकाशन हुने आयोगका अध्यक्ष मुक्ति प्रधानले बताएका छन् ।

क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।