मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
सौरभ यादव राजविराज
२o८१ पौष २५ बिहीबार १९:४८:oo
Read Time : < 1 मिनेट
प्रदेश

सप्तरीको विभिन्न सीमानाकाबाट भइरहेको तस्करीबारे प्रदेश सभाकाे ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १९:४८:oo

सप्तरीको विभिन्न सीमानाकाबाट हुने तस्करीको विषय मधेश प्रदेश सभाको बैठकमा उठेको छ। सप्तरी (३) (२) बाट निर्वाचित निर्वाचित प्रदेश सभा सदस्य शम्भु साहले बिहीबार सभाको शून्य समयमा उक्त विषय उठाएका हुन्।

सप्तरीको बेल्ही र पातो नाकाबाट लसुन, मटर, कस्मेटिक सामान, मदिरा, गाँजालगायतको तस्करी भइरहेको विषय विभिन्न सञ्चारमाध्यममा आएको विषयबारे उनले सभाको ध्यानाकर्षण गराएका हुन्। 

घरायसी प्रयोजनको लागि पाँच किलो चिनी भारतबाट ल्याउँदा दुःख दिने प्रहरी संगठनले यस्ता वस्तु तस्करी गराउनु राज्यको लागि राम्रो विषय नरहेको उनले जिकिर गरे। उनले भने, ‘प्रमुख जिल्ला अधिकारीकै कारण कालोबजारी, तस्करी भइरहेको देखिन्छ, यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछु। सप्तरीको पश्चिमी नाका बेल्हीबाट भ्यान र ट्याक्टरमा तस्करी हुँदै छ। मध्यराति सुनसान भएपछि पिकअप भ्यान र ट्याक्टरमै सामान लोड गरी भारत–नेपाल ओहोर–दोहोर हुने गरेको छ।’ 

तस्करीका लागि यस क्षेत्रका खासगरी तीनवटा बाटो प्रयोग हुने गरेका छन्। रौतहट चोकदेखि नहरको बाटो, चनही चोकदेखि बेल्हीको बाटो र बलान नदी हुँदै दुधैलाको बाटो प्रयोग भइरहेका स्थानीयको भनाइ छ।