मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार १७:o८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १७:o८:oo

बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनीत भएका १० सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

मनोनीत सदस्यहरूलाई युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाको उपस्थितिमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले शपथ गराएकी हुन्।

१० मंसिरमा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नवीना खनियाँ र रामेछापकी कल्पना खड्का नियुक्त भएका थिए।

बाँकी ६ जना सदस्यको मनोनयन भने गत मंगलबारको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो। सामाजिक विकासमन्त्री खड्गीले सत्तासाझेदार दल एमाले र कांग्रेसबाट तीन–तीनजना गरी ६ सदस्य नियुक्त गरेकी हुन्।

मनोनीत सदस्यहरू सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङ्वा (मकवानपुर), अञ्जना सिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक)सहित १० सदस्यले बिहीबार शपथ लिएका हुन्।

अञ्जना सिवाकोटी, दीपा क्षेत्री र गोविन्दलाल श्रेष्ठ एमालेका तर्फबाट तथा अमृत लुङ्वा, सविन भट्टाचार्य र राजन धिताल कांग्रेसका तर्फबाट मनोनीत भएका हुन्।