मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २४ बुधबार २o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीको बहस सकियो, शुक्रबारसम्ममा आदेश आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार २o:१९:oo

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका र प्रहरी हिरासतमा रहेका सातजना प्रतिवादीको कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस बुधबार सकिएको छ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाविरुद्ध ७ पुसमा अदालतमा अभियोग–पत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान १६ पुसमा सकिएसँगै सोही दिनबाट प्रहरी हिरासतमा रहेका सातजनाको थुनछेक बहस सुरु भएको थियो। 

सुरुमा सरकारी वकिल कार्यालय, त्यसपछि जाहेरीवाला र अन्तिममा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले क्रमशः बहस गरेका थिए। प्रतिवादीहरूको बहस बुधबार सकिएको हो।

जाहेरीवाला पक्षको जवाफी बहसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बिहीबार जवाफी बहस हुनेछ। अदालत स्रोतका अनुसार सरकारी वकिल कार्यालयको जवाफी बहस बिहीबार सकिए सम्भव भए बिहीबारै नभएर शुक्रबारसम्ममा थुनछेकको आदेश आउनेछ।