मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २२ सोमबार o७:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकैदिन एमाले, माओवादी र रास्वपा बैठक : जनसरोकारका मुद्दा ओझेलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o७:१३:oo

बिग्रँदो अर्थतन्त्र, महँगी र बेरोजगारीले सिंगो देश आक्रान्त, तर सत्तारूढदेखि प्रतिपक्ष दलसम्मका बैठक जनसरोकारका प्रमुख मुद्दा ओझेलमा राखेर आफ्नै पार्टी र शक्तिको लेखाजोखामा केन्द्रित

ओलीको प्रतिवेदन : कांग्रेससँगको सहकार्य पुष्टि गर्न माओवादी, रास्वपा र राप्रपामाथि कठोर प्रहार, आफ्नै सरकारको कामप्रति आफैँ असन्तुष्ट
प्रधानमन्त्री एवं दोस्रो दल एमाले अध्यक्ष केपी ओलीले सत्तासाझेदार दल पहिलो शक्ति कांग्रेससँगको सहकार्यको पुष्टि गर्न संसद्का तेस्रो, चौथो र पाँचौँ शक्तिमाथि प्रहार गरेका छन् । केन्द्रीय कमिटीको आइतबारबाट सुरु बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सरकारले गरिरहेका काम पर्याप्त नभएको भन्दै प्रतिवेदनमा केही चुनौतीका विषय पनि समेटेका छन् ।

केपी ओली, अध्यक्ष, एमाले
दुई मुख्य राजनीतिक दलहरूबिच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेकाहरूमा बेचैनी उत्पन्न भइरहेको छ ।


एमाले बैठकमा ओलीको प्रतिवेदन


 

प्रचण्डको प्रतिवेदन : पाँच पार्टीसँग एकता गर्ने, ०८४ को निर्वाचनमा एक्लै लड्ने, सबै क्षेत्रमा महिला सहभागिता ५० प्रतिशत पु¥याउन पहल गर्ने
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक समाजवाद मान्ने राजनीतिक शक्तिहरूसँग एकताको पहल गर्ने र आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव गरेका छन् । राजधानीमा आइतबार सुरु केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीतिक, सांगठनिक र योजनागत प्रतिवेदन प्रस्तुत गर्दै वैज्ञानिक समाजवादी शक्तिसँग एकताको प्रस्ताव गरेका हुन् ।

 

प्रचण्ड, अध्यक्ष, माओवादी
हामी बिस्तारै महाधिवेशनतिर जाँदै छौँ । बृहत् विश्लेषण पछि नै हुन्छ । अहिले यति भनेका छौँ– आगामी चुनावमा एमाले र कांग्रेसजस्ता पार्टीसँग मिलेर लड्दैनौँ, एक्लै चुनाव लड्छौँ । वैज्ञानिक समाजवाद मान्ने राजनीतिक शक्तिहरूसँग एकताको पहल गर्छौँ । समाजवादी शक्तिसँग सहकार्य हुन्छ र दलाल पुँजीवादविरुद्ध आन्दोलन गर्छौँ ।


माओवादी बैठकमा प्रचण्डको प्रतिवेदन


 

रास्वपाको निर्णय : संविधान परिमार्जन सुझाव कार्यदल गठन, संगठन निर्माण अभियान चलाउने, सदनबाहिरका दलका मुद्दा पनि संसद्मा उठाउने
रास्वपाले संविधान संशोधनका लागि दलका तर्फबाट धारणा बनाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा सांसद र केन्द्रीय सदस्यसमेत रहेको संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

रास्वपाको केन्द्रीय समिति बैठकको निर्णय :
... सन्तोष परियार नेतृत्वको कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ । प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ ।


रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल