मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २० शनिबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेविसंघमा आरोप प्रत्यारोपः असन्तुष्ट पक्षमाथि कारबाहीको मागसहित पार्टी केन्द्रमा अध्यक्षको उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार १८:१९:oo

नेविसंघको संस्थापन र इतरसमूह आरोप प्रत्यारोपमा उत्रिएका छन् । डा. शेखर कोइरालानिकट समूहले समानान्तर गतिविधि र अध्यक्ष दुजाङ शेर्पामाथि आर्थिक चलखेलको आरोप लगाएपछि दुई समूह आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

प्रतिनिधि चयनमा असन्तुष्टि राख्दै आएको कोइरालानिकट समूहले विज्ञप्ति निकालेर आर्थिक हिनामिनाको आरोप लगाएको छ । नेतृ प्रेमिका राणाले १९ पुसमा अध्यक्ष दुजाङ शेर्पा समूहले प्रतिनिधि छनोटमा अर्को समूहलाई बेवास्ता गरेको, नेविसंघका नाममा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएसँगै दुई समूह आरोप प्रत्यारोपमा उत्रेका हुन् ।

नेतृ राणाले अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका कार्यक्रमका लागि विभिन्न स्रोतबाट अपारदर्शी रूपमा रकम संकलन र खर्च गरेको आरोप लगाएकी थिइन् । यससँगै शेर्पाले सो समूहलाई कारबाही माग गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । अध्यक्ष शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै नेतृ रानालगायतलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रमा उजुरी दिएका हुन् । शेर्पाले आफूविरुद्ध तथ्यहीन आरोप लगाएकाले अनुशासनको कारबाहीको माग गर्दैै कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी दिएको जानकारी दिए ।