मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
२o८१ पौष २० शनिबार १८:१o:oo
Read Time : > 1 मिनेट
अर्थ

साइन रेसुंगा बैंककाे बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार १८:१o:oo

साइन रेसुंगा डेभलपमेन्ट बैंककाे १६औं साधारणसभा  शनिबार रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ। साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

आठ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्नेछ । साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए । 

सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा थानेश्वर पौडेललाई पुनः निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पँहुच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको साइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । 

बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर, १६ वटा एटिएम मेसिन सञ्चालनमा छन्। सात लाख पाँच हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ । बैंकमा ७३८ जना कर्मचारी कार्यरत छन् । बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप ६७ अर्ब १७ करोड, ९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रतिसेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पुँजी कोष अनुपात १२.५६ प्रतिशत छ । बैंकले गत वर्ष इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन उपाधि र नेपालमा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।