सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएकोभन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।
सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर कलाकार जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता छनाेट गरिएको हो। कोरियाबाट रेमिट्यान्स पठाउने नीराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रुपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका कम्पनीले जनाएको छ।
सिटी एक्सप्रेसले गत असोज १ देखि मंसिर ३० गतेसम्म चल्ने गरी दसैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६० दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जनालाई जनही रु. ५०० को सिटी पे वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो। जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु. ५०० को वालेट टपअप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्टफोन) जित्न सफल भइसकेका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ। साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ।