मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १५ सोमबार
  • Thursday, 02 January, 2025
२o८१ पौष १५ सोमबार २o:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १५ सोमबार २o:१४:oo

पाँचथरमा सञ्चालन भएको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले चुमेको छ। सोमबार भएको फाइनल खेलमा मच्छिन्द्र क्लब काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चर्च ब्वाइजजे उपाधि चुमेको हो।

फिदिम माविको खेलमैदानमा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो। जितसँगै चर्च ब्वाइजले १० लाखसँगै ट्रफी मेडल र प्रमाण-पत्र हात पारेको छ। उपविजेता बनेको मच्छिन्द्रले पाँच लाखमा चित्त बुझाएको छ। फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका सनिस श्रेष्ठ बने। उनले नगद १० हजार हात पारेका छन्। 

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिसल मोक्ताङ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्र क्लबका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दीपेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए। उनीहरूले जनही १० हजार प्राप्त गरे।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समीर तामाङ घोषित भए। उनले एक थान इभी स्कुटर प्राप्त गरे। उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम स्पोर्टिङ क्लबका मनीष क्षेत्री घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। प्रतियोगितामा पाँच गोल गरेका चर्च ब्वाइजका समीर तामाङ सर्वाधिक गोलकर्ता बन्दै १५ हजार प्राप्त गरे।