मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
२o८१ पौष १४ आइतबार २२:१३:oo
Read Time : < 1 मिनेट
विश्व

१५ महिनामा गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार २२:१३:oo

संयुक्त राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ।

शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडानजस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ।

रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ।

यसैबिच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताइन्।