मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १४ आइतबार २o:५९:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरको १६औँ नगरसभा : कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार २o:५९:oo

काठमाडौं महानगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम र बजेट संशोधन प्रस्ताव पारित गरेको छ।

आइतबार भएको नगर सभाको १६औँ अधिवेशनले उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनीता डंगोलले पेस गरेको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो।

जसअनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गरिएको छ। तीन अर्ब ७० करोड ५३ लाख बजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७२ करोड ६८ लाख रुपैयाँ कायम गरिएको छ।

यस्तै, १२ अर्ब एक करोड ९३ लाख विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ कायम गरिएको छ। उपप्रमुख डंगोलका अनुसार स्वीकृत कुल बजेट रकम, चालू खर्च रकम र पुँजीगत खर्च रकममा थपघट नहुने गरी क्रियाकलापमा मात्र संशोधनका लागि सभामा प्रस्ताव पेस गरिएको थियो। सभाबाट पाँच अर्ब ४८ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा पाँच अर्ब ३५ करोड ३३ लाख रुपैयाँ कायम गरिएको छ। दुई अर्ब ९६ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ कायम गरिएको छ।