कोशी प्रदेशमा पर्यटन वर्ष ०८२ का लागि सचिवालय स्थापना भएको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आइतबार प्रदेश पर्यटन वर्ष ०८२ का लागि सचिवालय उद्घाटन गरेका हुन् ।
पर्यटनमन्त्री संयोजक रहने पर्यटन वर्ष समितिमा व्यवसायीहरू भविशकुमार श्रेष्ठ र कृष्णकुमार साह सदस्य छन् । प्रदेश सरकारले पर्यटन वर्ष ०८२ मा १६ लाख भारतीय पर्यटक भित्र्याउने गरी तयारी गरेको पर्यटनमन्त्री मण्डलले जानकारी गराए ।
पर्यटन वर्षका लागि कोशी सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी १ वैशाख ०८२ मा तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तिनजुरे, मिल्के, जलजले क्षेत्रबाट कोशी पर्यटन वर्षको घोषणा गर्ने योजना छ ।