मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १३ शनिबार १३:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुल्मीमा प्रथम खुकुरी कप क्रिकेट हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार १३:२९:oo

गुल्मीमा प्रथम खुकुरी कप क्रिकेट हुने भएको छ। खुकुरी युथ क्लबको दोस्रो वार्षिक उत्सवको अवसरमा तम्घासको चिदिचौर खेल मैदानमा आगामी पुस १६ देखि २० गतेसम्म प्रतियोगिता संचालन गर्न लागिएको हो।

रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्रतियोगिताको उद्घाटन गर्ने क्लबका अध्यक्ष सन्दीप भलामीले जानकारी दिए। म्युजिक ब्यान्डमार्फत स्थापित क्लबले विभिन्न सामाजिक काम गर्दै आएको थियो।

तम्घासमा फुटबल खेलहरु धेरै हुने गरेका छन्। तर, पछिल्लो समय रोजाइमा रहेको क्रिकेट खेलमा उर्जा भर्न क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको भलामीले बताए। जिल्लाका माध्यमिक विद्यालयस्तरीय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ब्रिलियन्ट युनाइटेड एकेडेमी तम्घास, जनजागृती मावि हुँगा, सिद्धबाबा मावि तम्घास, रिडर्स पब्लिक स्कुल तम्घास, लिटिल स्टार पब्लिक स्कुल सिमिचौर, जनसहयोग मावि भुवनपानी, भगवती मावि, महेन्द्र मावि, आदर्श विद्या आश्रम, म्यालपोखरी मावि गौंडाकोट, उपल्लो तम्घास मावि र नयाँगाउँ माविले प्रतिस्पर्धा गर्नेछन्।

तीन ओभरको पावर प्ले रहने प्रतियोगिताको सेमिफाइनल १२ र फाइनल १६ ओभरको रहने खेल संयोजक त्रिदेव कार्कीले जानकारी दिए। कार्कीका अनुसार पहिलो खेल जनजागृती मावि र उपल्लो तम्घास माविबिच हुनेछ। त्यस्तै म्यालपोखरी मावि र सिद्धबाबा माबि खेल्ने छन्।

खेल अवधिभर गणेश थापा र शालिक खत्री एम्पायर रहने तथा विजेता र उपविजेताले क्रमशः २२ हजार २२२ र ११ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव निशान टन्डनले जानकारी दिए।