मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काम गर्ने इच्छाशक्ति भयो भने देशमा प्रशस्त सम्भावना छ : मन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १६:२४:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । आज (शुक्रबार) मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताए।

‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका सीपहरू, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउन महोत्सवले धेरै ठुलो प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’

मध्यपुर महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु ल्याउन मद्दत गर्ने भन्दै उनले महोत्सव सफलताको शुभकामना दिए । महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।