मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार

भीम रावल एमालेबाट निष्कासित, बिन्दा र उषाकिरण ६ महिना जिम्मेवारीबाट मुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १८:४o:oo

एमालेले पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, बैठकले पोलिटब्युरो सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरणलाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अनुशासन उल्लंघनको आरोपमा रावलसहित पाण्डे र तिमिल्सनालाई कारबाही गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए। पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउन जग्गा दान गरेकाे विषयमा आपत्ति जनाउँदै आएका  थिए। उनीहरूलाई स्पष्टीकरणसमेत साेधेकाे थियाे।