मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष १० बुधबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ अस्पतालको अध्यक्षमा राधिका सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १६:५९:oo

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनीत गरेको छ । स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले अस्पतालको अध्यक्षमा समाजसेवी सापकोटालाई नियुक्त गरेको हो ।

प्रदेशको स्वास्थ्य सेवा ऐन २०७५ पहिलो संशोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम कर्तव्य अधिकार बमोजिमको कार्य सम्पादन गर्ने दफा २६क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६क. उपदफा (२) बमोजिम सापकोटालाई धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत गरिएको हो । 

‘धादिङ अस्पतालले प्रवाह गर्ने सेवामा विस्तार तथा थप प्रभावकारी बनाउने अध्यक्ष सापकोटाले बताइन् । ‘पछिल्लो समय धादिङ अस्पतालले सेवा विस्तार तथा प्रविधिको क्षेत्रमा फड्को मारेको छ ।

विशेषज्ञसहितको सेवाहरु प्रवाह भइ रहेका छन् । तर आम नागरिकको अपेक्षा पनि बढी रहेको छ’ उनले भनिन्– ‘स्वास्थ्य समस्या हुँदा धादिङ अस्पताललाई विरामीको रोजाई र विश्वासिलो स्वास्थ्य संस्था बन्ने गरी काम गर्छाैं ।’ मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा निकै लामो समयदेखि काम गर्दै आएकी सापकोटा एमाले धादिङको जिल्ला सचिव समेत हुन् ।