मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष १० बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रह्मदेवको अध्यक्षमा पाँचौँपटक नायक

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १६:१६:oo

कञ्चनपुरको प्राचीन सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रह्मदेवको अध्यक्षमा केशवसिंह नायक निर्वाचित भएका छन् । भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरको अध्यक्षमा पाँचौँपटक नायक निर्वाचित भएका हुन् ।

१७औँ कार्यसमिति चयनका लागि मंगलबार भएको निर्वाचन मतपरिमाणअनुसार  नायकले आफ्ना निकटकतम प्रतिद्वन्द्व वीरबहादुर खड्कालाई १२० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्विराेध निर्वाचित भएका नायक यसअघि तीनपटक पनि निर्वाचित भएका थिए । अहिले चौथोपटक ०८१ मा पनि अध्यक्षमा ठुलो मतान्तरले निर्वाचित भएका हुन् । 

स्थानीय समाजसेवी एवं नेपाली कांग्रेस नेतासमेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको वृद्धि विकासको योजना अघि सारेका छन् । उनले  आफूले विगतदेखि मन्दिरको वृद्धि विकास एव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र अहिले पनि गर्ने बताएका छन् ।

‘पूर्णागिरि मेला थप व्यवस्थित पार्छु,’ उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक, सामाजिक गतिविधि अघि बढाउँछु ।’ भारत उत्तराखण्ड पूर्णागिरि मन्दिरमा लाग्ने मेलाका दर्शनार्थी नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुरको ब्रह्मदेव र महेन्द्रनगर सिद्धनाथ मन्दिरमा पनि दर्शन गर्न आउने धार्मिक मान्यताअनुरूप दर्शनार्थीको यात्रा थप सहज सुलभ सुविधायुक्त बनाउने अध्यक्ष नायकको योजना छ ।