विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले पर्यटकीय नगरी पोखरामा एमपीभी एम ६ गाडी सार्वजनिक गरेको छ । बीवाईडीको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंकले बीवाईडी एम ६ नेपालमा पहिलोपटक पोखरामा सार्वजनिक गरेको हो ।
कम्पनीले मंसिर अन्तिममा उक्त प्रिमियम गाडीको बुकिङ खुला गरेको थियो । यस अवधिमा गाडी बुकिङ गरेका एक सयजना ग्राहकलाई कार्यक्रममा गाडी समेत हस्तान्तरण गरिएको थियो ।
सात सिटे यस गाडीको प्रारम्भिक मुल्य ६० लाख १५ हजार रहे पनि बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि एक लाख ५० हजार नगद छुट दिएको थियो । विशेषगरी पर्यटन व्यवसायीको रोजाईमा परेको यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको दावी छ ।
साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटीसहितको सात सिटे प्रिमियम गाडीमा प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ । एक सय किलोवाट हाइ–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्ज दिने भएकाले ड्राइभ र लङ रुट यात्राका लागि उपयुक्त हुने उनले बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार १२.८ इन्चको रोटएबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडभान्स टेक्नोलोजीलगायतका नयाँ प्रविधि यस गाडीका विशेषता हुन् ।