मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार २o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिद्धबाबा सुरुङ मार्गः तीनवटै बाइपासको 'ब्रेक थ्रु', मुख्य टनेल ६६ मिटर खन्न बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २o:o४:oo

 सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको  सिद्धबाबा सुरुङमार्गको तीनवटै बाईपासको 'ब्रेक थ्रु' भएको छ । आयोजनाले मुख्य टनेलको पनि काम तीव्र रुपमा गरिरहेकाे जनाएकाे छ ।  यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेकोमा 'ब्रेक थ्रु' हुन अब ६६ मिटर मात्रै बाँकी रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।

सुरुङभित्र केही समस्या आए निस्कन मिल्ने गरी यहाँ तीनवटा बाइपास  बनाउने काम भइरहेको छ । तेस्रो र पहिलो बाइपास को  ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकोमा दोश्रो बाईपासको ब्रेक थ्रु यही ७ पुस आइतबार भएको छ ।

 सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत कुल तीनमध्ये सबैकाे 'ब्रेक थ्रु' भएको हो । अब मुख्य टनेलको 'ब्रेक थ्रु' हुन बाँकी छ । यहाँ पहिलो बाइपासको लम्बाई एक सय ५१ मिटर ,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर लम्बाइ रहेको छ ।

आयोजनाकी सूचना अधिकारी  ज्ञवालीका अनुसार २६ भदौमा तेस्रो र ४ असोजमा पहिलो बाइपास खनेर सकिएको थियो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । अब मुख्य टनेलको पनि यही महिनाभित्रै 'ब्रेक थ्रु' गर्ने गरी काम भइरहेको इन्जिनियर ज्ञवालीले बताइन् ।

चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपैयाँमा ठेक्का लिएको थियो । सिद्धार्थ राजमार्ग भएर साना–ठूला  दैनिक एक हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्छन् ।