मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका नेपालगन्ज
२o८१ पौष ९ मंगलबार २o:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद

लुम्बिनी कप १९ फागुनदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २o:oo:oo

लुम्बिनी कप महिला फुटबल आगामी १९ फागुनदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा  नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबलमा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन्।

अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमबार पत्रमार्फत लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि १९ देखि २९ फागुन ०८१ को समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। 

यस प्रतियोगिताबाट बाँके र यस क्षेत्रका नयाँ प्रतिभा आउने विश्वास गरेको अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको उनको भनाइ छ । यसअघि गत १६ मंसिरमा नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा  काठमाडौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए। लोगोमा शान्तिका अग्रदूत भगवान गौतम बद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग निलो र सिम्रिक प्रयोग गरिएको छ। 

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन बताए।