मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २४ सोमबार
  • Thursday, 26 December, 2024
रासस बाजुरा
२o८१ मङ्सिर २४ सोमबार १o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा वर्षासँगै हिमपात

Read Time : < 1 मिनेट
रासस, बाजुरा
नयाँ पत्रिका
२o८१ मङ्सिर २४ सोमबार १o:५२:oo

बाजुरामा गएरातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ। मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो। हिमपातसँगै जिल्लामा चिसो बढेको छ।

हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिकको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं. ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए।

यसैगरी, गौमूलको दहकोट, मानाकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन्।

यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ। सदरमुकाम मार्तडीआसपासमा पनि हिमपात भएको बडीमालिका– ३ का स्थानीय कमल रावलले बताए।

वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन्। पानी नपर्दा गहुँ बाली सुक्न थालेका वेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।