मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १६:१o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भोलिदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १६:१o:oo

काठमाडौंमा भोलि सोमबारदेखि नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै छ। सामाजिक न्यायको मुख्य नारामा हुने महोत्सवको १२औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।

मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव केसीले मानव अधिकारको संरक्षणका लागि पैरवी गर्न १५ वर्षदेखि महोत्सवको आयोजना गर्दै आइरहेको बताए। उनका अनुसार महोत्सवको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्नेछन्। महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइनेछ।

महोत्सवको उद्घाटनमा चलचित्र विकास बोर्डको हलमा छोटो चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ प्रदर्शन हुनेछ । यो चलचित्रले कान्स फिल्म फेस्टिभलमा लघु विधाअन्तर्गत अवार्डसमेत जितेको थियो । त्यस्तै, चलचित्र विकास बोर्डकै हलमा अल वि इम्याजिन एज लाइट २५ मंसिर ५ः३० बजे प्रदर्शन हुनेछ । यो फिल्मले कान्समै फिचर विधामा अवार्ड जितेको थियो ।

त्यस्तै, नेपाली वृत्तचित्र ‘देवी’ २६ गते १ बजे चलचित्र विकास बोर्डको हलमा देखाइनेछ ।

बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेको चलचित्र ‘एन अड टर्न’ २६ मंसिर ५ बजे चलचित्र विकास बोर्डकै हलमा प्रदर्शन हुनेछ ।

चलचित्र महोत्सवको पूर्वसन्ध्यामा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले चारदिने कार्यशालामा प्रशिक्षण दिइरहेका छन् । उनले २६ मंसिरमा चलचित्र विकास बोर्डको हलमा ‘को–प्रडक्सन, ल्यान्डस्केप : लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिनेछन् ।

महोत्वसमा मानव अधिकार र चलचित्रबारे छलफल तथा विश्वलेषणसमेत गरिनेछ ।