मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर २३ आइतबार १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमकमा पहिचानवादीको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १४:३१:oo

प्रधानमन्त्री केपी ओली गृहजिल्ला पुगेपछि झापाको दमकमा पहिचानवादीहरूले प्रदर्शन गरेका छन्। 

एमालेको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीले दमक चोकमा प्रदर्शन गरेका हुन्। प्रदेशको पहिचान मेटिएको भन्दै उनीहरूले कोशी नाम खारेज गरेर पहिचानसहितको नाम राख्नुपर्ने मागसहित नाराबाजी गरिरहेका छन्।

प्रदर्शनपछि दमक चोकलगायतका स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। विरोध प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता–समर्थकले मेचीनगरमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए।

दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि प्रधानमन्त्री ओली आज आइतबार झापा आएका हुन्। यद्यपि, उक्त भ्यु टावर निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन र नक्सा पास नभएकाे पाइएपछि यस विषयमा समेत उनकाे आलोचना भइरहेको छ।