मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर २३ आइतबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक करोड मूल्यको सुनचाँदीसहित कैलालीबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १२:४८:oo

कैलालीको भजनीबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको एक करोड रुपैयाँ मूल्यबराबरको सुनचाँदी र नगदसहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको भजनी नगरपालिका– ५, कौवाखेडाबाट शनिबार बेलुकी सुनचाँदीसहित सुर्खेत घर भएका तीनजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीले जनाएको छ।

भजनीस्थित पगियापसारबाट खटिएको बिओपी टोलीले सुर्खेतको चौकुनी गाउँपालिका– १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका– १ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका– ११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ६२० ग्राम सुन, आठ किलो ९१४ ग्राम चाँदी बरामद गरिएको सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिए। त्यस्तै, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार बजार भाउअनुसार बरामद सुनको मूल्य ८० लाख ७९ हजार ५३१ र चाँदीको मूल्य १५ लाख २८ हजार ४६० रुपैयाँ रहेको छ।

पक्राउ परेका तीनैजनालाई सुनचाँदीसहित भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताए। उनका अनुसार प्रारम्भिक बयानमा तीनैजनाले गरगहनाबारे आफूलाई जानकारी नभएको र कसैले झोलामा राखिदिएको हुन सक्ने भनेका छन्।