वाणिज्य विभागको अनुगमनमा पाँच सय ५० रुपैयाँ प्रतिबोरा रहेको सिमेन्टको भाउ ८ सयसम्म पुर्याइएको पाइयो, मूल्यवृद्धि तत्काल फिर्ता नगरे कारबाही गर्ने चेतावनी
मूल्यवृद्धि खारेज गर्न निर्माण व्यवसायीको माग निर्माण व्यवसायी महासंघले सिमेन्टमा भएको कृत्रिम मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी एक महिनाको अवधिमा पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएको हो ।
‘निर्माणकार्य हुने मुख्य सिजनमा सीमित सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ,’ महासंघले भनेको छ ।
खुला अर्थतन्त्रको नीतिविपरीत सिमेन्टमा गरिएको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको भन्दै फिर्ता लिनुपर्ने महासंघको भनाइ छ ।
सिमेन्टमा भएको मूल्यवृद्धिले लागत बढ्न गएको निर्माण व्यवसायीको तर्क छ । ‘व्यवसायीहरूको अर्बौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न महासंघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माणकार्य ठप्प पारी ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्न बाध्य हुनेछ ।’
सामान्यतया तिहारपछि मुलुकभर निजी क्षेत्र तथा सरकारीस्तरबाट सञ्चालित परियोजनाले गति लिने गरेका छन् । यसवेला सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्रीको उच्च माग हुने गर्छ । तर, सीमित सिमेन्ट उद्योगीले एक महिनायता मूल्य प्रतिबोरा डेढ सपैयाँसम्म वृद्धि गरिसकेका छन् ।
दसैँअगाडि ‘गेट प्राइस’ तीन सय ५० रुपैयाँसम्म झरेको सिमेन्टको भाउ प्याकेजिङ, ढुवानी, डिलर कमिसनलगायत जोड्दा पाँच सय ५० रुपैयाँ प्रतिबोरासम्म थियो, तर अहिले भाउ बढेर सात सयदेखि आठ सय रुपैयाँ प्रतिबोरासम्म पुगिसकेको वाणिज्य आपूर्ति तथा अनुगम विभाले गरेको अध्ययनको निष्कर्ष छ ।
सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भने, ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै दुई सय रुपैयाँले बढेको छ, यसमा सरकारको ध्यान जान आवश्यक छ ।’ व्यवसायीहरूले गरेको अस्वाभाविक मूल्यवृद्धिको विषयमा ध्यानाकर्षण भइसकेको प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए । विभागले गरेको अध्ययनले समेत सिमेन्टको कृत्रिम मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै तत्काल बढेको मूल्य फिर्ता नभए उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएको उनले जानकारी दिएका छन् । ‘सिमेन्टको भाउ बढेको विषयमा हामीले गरेको अध्ययनमा कृत्रिम रूपमा बढाएको देखिन्छ,’ उनले भने, ‘तत्कालै बजारले आभास गर्ने गरी मूल्य नघटाए हामी कारबाहीको प्रक्रिया थाल्छौँ ।’
निर्माण क्षेत्रको काम सुरु हुने वेलामा सिमेन्टको माग उच्च हुने भएकाले मूल्यवृद्धि गरेर उद्योगीले लाभ लिन खोजेको उनको भनाइ छ । ‘माग बढ्ने सिजनमा सिमेन्टको मूल्य बढाएर लाभ लिइहालौँ भन्ने सोच उद्योगीमा देखिन्छ,’ महानिर्देशक पौडेलले भने, ‘तर, यो गलत अभ्यास हो । यसलाई नियन्त्रण गर्न विभागले कारबाही अघि बढाइहाल्छ ।’
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ ले गरेको व्यवस्थाअनुसार अनुगमन र कारबाही गर्दै आएको छ । ऐनले कृत्रिम मूल्यवृद्धि गर्नेलाई एकपटकका लागि अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । विगतमा पनि बढी मूल्य लिएको कसुरमा विभिन्न व्यवसायीलाई ऐनअनुसार जरिवाना भइसकेको छ ।
लागतका अन्य शीर्षक र ऋणको ब्याजदरसमेत न्यूनतम विन्दुमा हुँदा पनि मूल्य बढाइनु अस्वाभाविक भएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘अरू वेला बैंक ब्याजदरलगायतमा खर्च बढेको कारण देखाएर मूल्यवृद्धि हुने गरेको थियो । अहिले त ऋणको ब्याजदर पनि न्यूनतम विन्दुमा छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले भने, ‘यस्तो वेला मूल्य बढाउनुको कुनै कारण छैन । यो उपभोक्तामाथि गरिएको अन्याय हो ।’
उनले नियमनकारी निकाय वाणिज्य विभागले तुरुन्त पहलकदमी लिएर मूल्य नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्र बैंकका अनुसार असोजसम्मको ऋणको आधार दर ७.२ प्रतिशत कायम भएको छ । ऋणको माग नहुँदा बैंकमा निक्षेप थुप्रिने क्रम बढिरहेकाले ब्याजदर अझै सस्तिने आकलन छ ।
मूल्यवृद्धि खारेज गर्न निर्माण व्यवसायीको माग
निर्माण व्यवसायी महासंघले सिमेन्टमा भएको कृत्रिम मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी एक महिनाको अवधिमा पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएको हो ।