प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन्। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले भ्रमणले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताए।
‘भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत विभिन्न परियोजनाहरूको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक परियोजनाअन्तर्गतपछि छुट्टै छलफल र सम्झौता गर्छौँ।’
नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ। बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएको छ। उक्त समझदारीमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।