मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर २० बिहीबार १८:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

तमोर करिडोरको चतरा–दोरिम्बा खण्डमा धमाधम कालोपत्रे 

कालोपत्रे सकिदा पनि पुल नबन्ने चिन्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार १८:५१:oo

त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडक धमाधम कालोपत्रे भइरहेको छ। यो सडकको चतरा–दोरिम्बा खण्डमा पर्ने १५८ किलोमिटरमध्ये ११२ किलोमिटरमा कालोपत्रे भइरहेको तमोर करिडोर आयोजना कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ११२ किलोमिटर सडक कालोपत्रेको लागि ठेक्का भएको छ। त्यसमध्ये अहिलेसम्ममा करिब २० किलोमिटरमा सडक कालोपत्रे भइसकेको छ। सडकको विभिन्न खण्डमा ग्राभेल गर्ने, बेस हाल्ने तथा कालोपत्रेका लागि अन्तिम तयारी भइरहेको चतरा–मूलघाट गणेशचोक तमोर कोरिडोर आयोजना धरानका प्रमुख प्रदीप निरौलाले बताए। उनले मूलघाटदेखिको पहिलो खण्डमा धमाधम कालोपत्रे भइरहेको जानकारी दिए। ११२ किलोमिटर कालोपत्रेका लागि दुई खण्ड गरी ठेक्का लगाइएको थियो। दोस्रो खण्डमा पनि कालोपत्रे गर्न पूर्वाधार निर्माण भइरहेका छन्।

विराटनगारको रानी भन्सारदेखि धनकुटा–पाँचथर–ताप्लेजुङ हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा तमोर–करिडोरलाई लिइन्छ। रानी भन्सारदेखि ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीन र नेपालको नाका टिप्तालासम्म करिब २ सय ५५ किलोमिटर दूरीको उक्त सडक धनकुटाको फलामेटार–कुशेटार, भुल्केलगायतका खण्डमा कालोपत्रे भइसकेको छ। 

तराईबाट पहाडी जिल्ला धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न क्षेत्रमा सजिलै पुग्न सकिने छोटो सडक भएकाले यात्रुको प्राथमिकतामा पर्ने गरेको छ । कालोपत्रेपछि यो क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर, संघीय राजधानी काठमाडौं तथा सुविधासम्पन्न अस्पताल जान सजिलो  हुने बताइन्छ ।  

करिडोरको ११२ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि कार्तिक ०७९ मा चार अर्ब १६ करोडमा ठेक्का लागेको थियो । चार अर्ब १६ करोडमा दुईवटा कम्पनीले ठेक्का लिएका थिए । 
रौताहा क्षमादेवी जेभी र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको तमोर करिडोर सडक आयोजनाले जनाएको छ । मूलघाटदेखि हाङठुवा ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्ड एपेक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका हो । 

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न सरकारले ०६५ मा १० लाख बजेट विनियोजन गरेर आयोजना सुरु गरेको थियो । धनकुटाको मूलघाटदेखि सुभाङसम्म ०६६ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । 

कालोपत्रे सकिदा पनि पुल नबन्ने चिन्ता
तामोर कारिडोरको मुलघाट भालुचोक खण्डमा पर्ने नौवटा साना ठूला खोलामा पक्की पुल निर्माणका लागि ठेक्का लागि सकेको छ । तर, ठेकेदार कम्पनीहरूले सडक कालोपत्रे भइसक्दा पनि पुल बनाई सक्दैनन् की भन्ने आशंका बढेको छ । 

चतरा–मूलघाट गणेशचोक तमोर कोरिडोर आयोजना धरानका प्रमुख प्रदीप निरौलाले नौ वटा पुल ठेक्का लागेकामध्ये केही खोलामा मात्र काम सुरु भएको र केहीमा नभएको बताए । उनले सडक कालोपत्रे भइसक्दा पनि पुल नबन्ने हो की भन्ने चिन्ताले सताएको बताए । 

नौ वटामध्ये छरुवाखोलामा केही काम भएको, नावाखोलामा सुरु भएको साथै अन्य खोलामा काम नै सुरु नभएकाले चिन्ता बढेको प्रमुख निरौलाले बताए । सडक कालोपत्रे भइसक्दा पुल पनि बनाइसक्न सक्दो प्रयास सर्ने उनले जानकारी दिए ।