मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 04 December, 2024
रासस बाँके
२o८१ मङ्सिर १९ बुधबार १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा पुल र सडकका १३२ आयोजना सञ्चालन हुने

Read Time : < 1 मिनेट
रासस, बाँके
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार १५:१४:oo

जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीय स्तरका पुल र सडकसम्बन्धी १३२ आयोजना सञ्चालन हुने भएका छन्।

चालू आर्थिक वर्ष ०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेकाे, ५७ आयोजना मूल्यांकनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो। सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्काका अनुसार चालू आवमा निर्माण सुरु गर्ने गरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ।

६ करोड ४३ लाख रुपैयाँबराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँचमार्ग, पर्यटनस्थल पहुँचमार्ग भनेर नामकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ।

साथै सीमा सुरक्षा पोस्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए।

सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए। सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काले बताए।