मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १९ बुधबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार १४:४३:oo

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे ।

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौँ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री ओलीले भने। उनले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रूपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली यही मंसिर १७ गते यहाँ आएका हुन् । उनी भोलि बिहीबार स्वदेश फर्कने कार्यतालिका छ ।