राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान चलिरहँदा बाहिर भने झडप भएको छ । लामिछानेका समर्थक र प्रहरीबिच भइरहेको मुठभेडले चितवन अहिले तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालयअगाडि रास्वपासमर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जवाफमा दुवै पक्षबिच झडप भएको हो । सुरुमा प्रदर्शनकारीले आफूहरूमाथि ढुंगा प्रहार गरेको चितवनका एसपी गौतम मिश्रले सञ्चारकर्मीलाई बताए । उनका अनुसार स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।