मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ मङ्सिर १८ मंगलबार १९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

१५औँ महाधिवेशनपछि कांग्रेसमा गुट उपगुटको अन्त्य हुन्छ : कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार १९:३१:oo

कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी अगामी महाधिवेशनपछि पार्टीमा रहेको गुट-उपगुट अन्त्य हुने बताएका छन्। विराटनगरमा मंगलबार आयोजित कांग्रेस इतरपक्षको कोशी प्रदेशका पालिका सभापतिहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले १५औँ महाधिवेशनपछि कांग्रेसका सबै गुट-उपगुट अन्त्य हुने बताएका हुन्। प्रशिक्षणमा उनले आफू सभापति भएपछि कसैलाई काखा र पाखा नगर्ने र सबै कार्यकर्तालाई समान रूपले संरक्षण गर्ने प्रतिबद्धता पनि जनाए।

समयमै महाधिवेशन नभए पार्टी कमजोर हुने भन्दै उनले अबको एक वर्षपछि महाधिवेशन सम्पन्न गराउन गाउँगाउँबाट दबाब सिर्जना गर्न समर्थक, नेता-कार्यकर्ताहरूलाई निर्देशन पनि दिए। 

कोइरालाले पार्टीभित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी पनि दिए। बहुमतको आडमा अल्पमतमा परेकालाई दबाउने र सिध्याउने खेल जारी राखे। त्यसको प्रतिवादमा कार्यकर्ताहरू स्वतस्फुर्त अगाडि आउने बताए। कोइरालाले निषेधको राजनीति गरेर पार्टीभित्र तिक्तता नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह पनि गरे।  

२२ मंसिरमा कांग्रेस कोशी प्रदेश समितिले सम्मेलन आयोजना गर्ने घोषणा गरेपछि डा. शेखर समूहले त्यसअघि नै कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको हो। प्रशिक्षणको बन्द सत्र बुधबार मोरङको बेलबारीमा हुने र त्यसले डा. कोइरालालाई अगामी महाधिवेशनबाट सभापति बनाउने संकल्प सर्वसम्मतले पारित गर्नेछ।