यसरी मनाइयाे गणतन्त्र दिवस [फाेटाेफिचर]

२०७६ जेठ १५ बुधबार १४:४३:००

१२ औं गणतन्त्र दिवसको अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत राज्यका सबै निकायका प्रमुख सहभागी भएको कार्यक्रममा गणतन्त्र दिवसको ब्यानर प्रस्तुति र पुष्पवृष्टि गरिएको थियो ।  

त्यसैगरी समारोहमा शान्तिको प्रतिकको रुपमा परेवा र बेलुनहरु पनि उडाइएको थियो । त्यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, स्काउटलगायतका संघ, संस्थाहरुले मार्च पास गरेका थिए भने काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।