मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर १५ शनिबार १८:४६:oo
Read Time : > 1 मिनेट
समाचार

स्थानीय तह उपनिर्वाचन : सबै तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार १८:४६:oo

हेटौँडा उपमहानगरपालिका–१२ को एक वडा अध्यक्ष पदमा भेलि हुने उपनिर्वाचनको सबै तयारी तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थल, मतदान केन्द्र लगायतका संरचना निर्माण सम्पन्न भइसकेको कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार आइतबार बिहान ७ बजेबाट मतदान सञ्चालन हुनेछ । निर्वाचनका लागि मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी खटाएर काम सम्पन्न गरिसकेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । 

उनका अनुसार मतदान स्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरु पुर्याइसकेको छ भने मतदानको लागि सर्वदलीय बैठक बसेर आवश्यक निर्देशन समेत गरिएको छ । हेटौँडा–१२ मा ०७९ को स्थानीय तह निर्वाचनको तुलनामा उपनिर्वाचनमा एक हजार ५८८ मतदाता थपिएर कुल आठ हजार ५३ मतदाता पुगेका छन् । 

निर्वाचनको लागि दुई मतदानस्थल तोकिएको छ । पूर्वतर्फ प्रतिभा आधारभुत विद्यालय सिक्रेनीमा र विष्णुज्योति आधारभुत विद्यालय भोर्लेमा मतदानस्थल कायम गरिएको छ । प्रतिभामा पाँचवटा मतदान केन्द्र छन् भने विष्णुज्योतिमा चार गरी कुल नौ मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रतिभा मतदान स्थलमा ४ हजार ४२८ र विष्णुज्योतीमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरु परिचालन गरिएको उनले बताए । उनका अनुसार प्रति निर्वाचन केन्द्र ५÷५ जना कर्मचारी र १÷१ जना स्थानीय स्वयम्सेवक रहने व्यवस्था रहेको छ ।

मतगणना हेटौंडाको सिद्धार्थ माविमा 
निर्वाचनपछि मतगणना हेटौंडा बजार क्षेत्रमा गरिने भएको छ । मतगणना कार्य हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने तय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुले मतगणना स्थल सिद्धार्थ माध्यमिक विद्यालयलाई तोकेको हो । 

निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले आफू नै मैदानमा पुगेर सुरक्षा व्यवस्था कडाइ पारिएको बताए ।