मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
२o८१ मङ्सिर १३ बिहीबार १६:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा उपनिर्वाचन : १२० कर्मचारी र २६६ सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १६:३४:oo

जाजरकोटकाे नलगाड नगरपालिका र कुशे ७ मा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र बनाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारदेखि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटाउन सुरु गरिएको छ।

नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिकाको ७ मा वडाध्यक्ष चयनका लागि मंसिर १६ गते चुनाव हुँदै छ। नलगाडमा २४ वटा मतदान केन्द्र र कुशेमा २ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए।

जिल्लाका २६ वटा मतदान केन्द्रमा बुधबार नै सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ। बिहीबार दिउँसो २ बजे मतदान केन्द्रमा आवश्यक सम्पूर्ण जनशक्ति परिचालन गरिएको प्रमुख निर्वाचन अधिकृत घिमिरेले जानकारी दिएका छन्।

निर्वाचन मतदान केन्द्रमा १२ देखि २१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म नलगाड र कुशे गाउँपालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्षबाट आवश्यक सहयोग भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। नलगाड नगरपालिकामा उपनिर्वाचनको आवश्यकता गत कात्तिक १७ गते गएको भूकम्पमा उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि भएको हो। उपप्रमुख पदका लागि तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसका इन्द्रचन्द सिंह, नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने, र नेकपा (एमाले)की सुनिता बोहराबिच चुनावी प्रतिस्पर्धा तीव्र छ। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए। नलगाड नगरपालिका र कुशे गाउँपालिकाको यस उपनिर्वाचनले स्थानीय जनताको विकास र नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।