मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका रुकुमपूर्व
२o८१ मङ्सिर १२ बुधबार १७:४१:oo
Read Time : > 1 मिनेट
समाचार

रुकुम पूर्व उपनिर्वाचन : २५ मतदान केन्द्रमा कर्मचारी खटिए

दुई दलबिच उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १७:४१:oo

लुम्बिनी प्रदेशको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले स्थानीय तह उपनिर्वाचनका लागि कर्मचारी खटाएको छ। 

१६ मंसिरमा हुने पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी खटाएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए। 

गाउँपालिकामा २५ मतदान केन्द्रका लागि १२५ जना कर्मचारी खटाइएको छ। सुवेदीका अनुसार प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी खटाइएको छ। भौगोलिक विकटताले ठगिएको दुर्गम क्षेत्रमा बिहीबार साँझसम्म कर्मचारी सम्बन्धित मतदान केन्द्र पुग्नेछन्। गाउँ पालिकाकाको १४ वडामा २२ मतदानस्थल रहेको छ भने २५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

गाउँपालिकाको वडा नम्बर १ को पुथा हिमालय मावि मतदान केन्द्रमा थलबहादुर बस्नेत, वडा नम्बर २ को हर्दिबाङ मतदान केन्द्रमा उपेन्द्र यादव र सोही वडाको पेल्मा मतदान केन्द्रमा देवीलाल विक मतदान अधिकृत तोकिएका छन्। वडा नम्बर ३ को आधारभूत विद्यालय रन्मामैकोटमा खिमबहादुर रोकाय, ४ नम्बर वडाको दीपज्योति आधारभूत विद्यालय अर्जलमा देवराज सञ्जेल, ५ नम्बर वडाको जनता आधारभूत विद्यालय काजरजंग मतदान केन्द्रमा देवेन्द्र पौडेललाई मतदान अधिकृतका रूपमा खटाइएको छ।
५ नम्बर वडाकै देउराली मावि हुकामको प्रावि भवन केन्द्रमा हिरामणि गौतम, ६ नम्बर वडाको जनजागृति आधारभूत विद्यालय मयाङमा यज्ञकुमार पोखरेल, ७ नम्बर वडाको जनज्योति मावि जाङमा तिलक गौतम, सोही वडाको सानीभेरी आधारभूत विद्यालय खारखोलामा मंगलसिङ बुढालाई मतदान अधिकृत तोकिएको छ।

८ नम्बर वडाको जनसहयोग मावि रिवाङचौर केन्द्रमा समीर गिरी, ९ नम्बर वडाको आदर्श मावि खारबाङमा रवीन्द्र बुढाक्षेत्रीलाई मतदान अधिकृतका रूपमा खटाइएको छ। पालिकाको केन्द्र रहेको १० नम्बर वडास्थित महेन्द्र मावि तकसेराको क मतदान केन्द्रमा मीनबहादुर केसी, ‘ख’ केन्द्रमा श्रीधर अधिकारी तथा सोही वडाको आधारभूत विद्यालय घुम्लिबाङमा धनबहादुर केसीलाई मतदान अधिकृतको रूपमा खटाइएको छ।

११ नम्बर वडाको उत्तरगंगा आधारभूत विद्यालय सेराबालुवामा गणेशबहादुर खड्का, ११ नम्बरकै जनजागृति आधारभूत विद्यालय दमचन केन्द्रमा ललितकुमार ओलीलाई मतदान अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

१२ नम्बर वडाको पर्वत मावि कोल ‘क’ केन्द्रमा रेवतबहादुर बुढाथोकी र ‘ख’ केन्द्रमा मदनप्रसाद साहलाई मतदान अधिकृत तोकिएको छ। १३ नम्बर वडाको जनजागृति आधारभूत विद्यालय पिपलटुङ मतदान केन्द्रमा ध्रुव विक, १४ नम्बर वडाको सिद्वमण्डली मावि राङ्सी ‘क’ केन्द्रमा राधाकृष्ण रिजाल र ‘ख’ मतदान केन्द्रमा ओविराम खड्का मतदान अधिकृतका रूपमा खटाइएका छन् ।

३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्र बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि पुथा उत्तरगंगा गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो। 

माओवादीकी नरपुरा बुढा र कांग्रेसको चुनाव लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा छन्। २ नम्बर वडाध्यक्षमा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भैसकेका छन्। उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार १८० मतदाता छन्।